नमस्कार!*
सम्पूर्ण आदरणीय व्यक्तित्वहरू, शिक्षक साथीहरू, विद्यार्थी भाइबहिनीहरू तथा अभिभावकज्यूहरूमा मेरो यो शैक्षिक मञ्चमा हार्दिक नमस्कार, एवं स्वागत व्यक्त गर्न चाहन्छु।
म डिक बहादुर लिम्बु।
आजको युग प्रविधिको युग हो। समयसँगै हामी सबैले प्रविधिलाई आत्मसात् गर्दै आफ्नो दैनिक जीवन र शिक्षण–सिकाइसँग जोड्न आवश्यक भइसकेको छ। मलाई विश्वास छ, यहाँहरू सबैले यसको महत्व बुझिसक्नुभएको छ। यसै तथ्यलाई आत्मसाथ गर्दै विद्युतिय माध्यममा छरिएर रहेको शिकाईका विबिन्न स्रोतहरुलई एकत्रित गरि यो वेबसाइट तयार गरेको छु, र यहाँहरुको आवशयकता र चाहना अनुसार अपडेट पनि गर्दैलाने बाचा पनि गर्दछु।
साथै यो वेभसाईट तयार गर्न गाइडलाइन प्रदान गर्नुहुने वरिष्ट ICT प्रशिक्षक जनकसिं कार्की एवं विशेस सहयोगको निम्ति शि.राकेश घिमिरे सर प्रति आभार प्रकट गर्दछु।
यस वेबसाइटमा तपाईंहरूले पाउनुहुनेछ—
* Educational PDF * Text Books
* Worksheets, Activities र Question Collections * Lesson Plans
* Teachers Diary * Teachers Guide / Teacher’s Manual
* Curriculum* AI Tools for Teachers & Students * Digital Learning Materials/ Videos
* Interactive Simulation File * Hands-on Activities
* TSC Model Questions * लोकसेवा तयारीका Notes
* लेख, सूचना तथा प्रकाशनहरू * Class 1 देखि Class 10 सम्मका शैक्षिक सामग्री
यी सबै सामग्रीहरू एउटै स्थानबाट सजिलै प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले यो वेबसाइट निर्माण गरिएको हो।
# अब Website खोल्ने कसरी ?
सर्बप्रथम कुनै एक ब्राउजर खोल्नुहोस् र सर्चबारमा “dblimbu.com.np” टाइप गरि सर्च गर्नुहोस।
त्यसपछि यस Video मा देखाएजस्तै interface खुल्ने छ र Website खुलेपछि कुन Menu मा के-के सामग्री छन्, सबै Explore गर्दै जानुहोस।
अन्त्यमा, यो Website सम्बन्धि सकारात्मक सुझाबको अपेक्षा गर्दछु।
कृपया, यो Website को अन्तिम खण्डमा रहेको Feedback Section मा गई आफ्नो प्रतिक्रिया राखिदिनुहुन घनुरोध।
धन्यवाद।